वन तथा वातावरणीय स्थिति
वन क्षेत्र, जलश्रोत, जैविक विविधता, र विपद जोखिम व्यवस्थापन
६.१ वन क्षेत्रको अवस्था
उप-महानगरपालिकाको कूल भू-भाग मध्ये वनजंगलले ओगटेको क्षेत्र नभएपनि २.६१ प्रतिशत भू-भाग झाडि बुट्यान क्षेत्रले ओगटेको छ । दिगो विकास लक्ष्यको लक्ष्य नं. १५ मा वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरण विरुद्ध लड्ने, भू-क्षयीकरण रोकेर त्यस्तो प्रक्रियालाई उल्ट्याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने कुरा उल्लेख गरिएको छ । तसर्थ वातावरणीय प्रणाली सन्तुलन, वायुमण्डलको स्वच्छता तथा जीवजन्तुको बासस्थान कायम राख्न वनजंगलको संरक्षण प्राथमिकतामा राख्नु जरुरी छ । अर्कोतर्फ यस उप-महानगरपालिकामा वनजंगल क्षेत्रबाहेक रहेको बाँझो जमिन, नदीको किनारका बगरहरुमा व्यापक जनपरिचालन गरी वृक्षारोपण गरेमा उप-महानगरपालिकालाई एक प्रकारको हरित बगैंचाको रुपमा विकास गरी सिमित मात्रामै भएपनि वनलाई आयआर्जनसँग जोड्न सकिन्छ । त्यसैगरी भू-संरक्षणका हिसाबले अति संवेदनशील क्षेत्रहरुमा वृक्षारोपण, बाँध निर्माण, तारजाली, तटबन्ध तथा परम्परागत बाढी तथा डुबान नियन्त्रण र भू-संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । साथै भू-संरक्षणको प्रभावकारी उपाय वृक्षारोपण भएकाले सो कार्यलाई प्राथमिकतामा राख्नु अति आवश्यक छ ।
६.१.१ वन व्यवस्थापन सम्बन्धी विवरण (सरकारद्वारा व्यवस्थित, सामुदायिक, कबुलियती, धार्मिक र निजी वन)
क. सामुदायिक वन
सामुदायिक वन भन्नाले सामूहिक हितका लागि वनको विकास, संरक्षण र उपयोग गर्न उपभोक्ता समूहलाई सुम्पिएको राष्ट्रिय वनलाई जनाउँछ । स्थानीय बासिन्दालाई वन संरक्षण र उपयोगमा सहभागी बनाउने नेपाल सरकारको नीति अनुसार यस उप-महानगरपालिकामा जिल्ला वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूह गठन गरी वन हस्तान्तरण गर्ने काम पनि भइरहेको छ । वन ऐन, २०४९ तथा वन नियमावली, २०५१ ले व्यवस्था गरे बमोजिम सामुदायिक वनको संरक्षण, सम्बद्धर्न तथा व्यवस्थापनको सम्पूर्ण जवाफदेही सम्बन्धित वन उपभोक्ता समूहहरू नै हुन्छन् । यो कार्यक्रम शुरुमा लागू हुँदा यसको उद्देश्य नाङ्गा डाँडा पाखाहरूमा हरियाली बढाउने र सर्वसाधारण जनतालाई, काठ, दाउरा र डालेघाँस लगायत वनपैदावारको आधारभूत आवश्यकता परिपूर्ति गर्ने रहेको थियो । तर, अहिले यस कार्यक्रमको मुख्य उद्देश्यमा विपन्न परिवारहरूको गरिबी निवारण, जीविकोपार्जन, जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, सुशासन, समावेशीकरण, लैङ्गिक समानता, विशेष गरी महिला, दलित तथा जनजातिको सहभागिता जस्ता नयाँ-नयाँ सवालहरू समेत समावेश भएकोले यस कार्यक्रमले गरिबी न्यूनीकरणमा समेत सहयोग पुर्याउन सक्ने विश्वास गरिएको छ ।
जिल्ला वन कार्यालयको प्राविधिक सहयोगमा समूहको स्वीकृत विधान तथा वन कार्ययोजना बमोजिम उपभोक्ता समूहको क्रियाकलापहरू संचालन तथा सामुदायिक वनको संरक्षण, सम्वर्द्धन, व्यवस्थापन तथा वन पैदावारको सदुपयोग हुने गरेको छ । विगतको समयमा थोरै जनसंख्याको तुलनामा प्रशस्त वन क्षेत्र भएकोले पनि वन संरक्षण भन्दा उपयोगमा मात्र जोड दिइएको पाइन्छ तर, गएको केही वर्षदेखि वनक्षेत्र वरिपरिका जनतामा नयाँ जागरण देखिएको छ। सामुदायिक वनहरूमा विद्यमान संरक्षण र आफ्नो सामुदायिक वन प्रतिको लगावको परिणाम स्वरुप उजाड र मरुभूमीकरणतर्फ उन्मुख हुँदै खोला र खहरेहरूले ग्रसित भएका वनक्षेत्रहरू आज प्राकृतिक रुपमा संरक्षित भएका छन् ।
सामुदायिक वनका उपभोक्ताहरूसँग प्राविधिक ज्ञान र वनको उत्पादकत्व बढाउन आवश्यक पर्ने प्रविधिको अभाव खड्किएको छ । तसर्थ वन व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सामुदायिक वनहरूलाई स्रोत, साधन र प्रविधियुक्त जनशक्तिको उपलब्धता हुनु जरुरी छ । उपभोक्ताहरूमा रहेका परम्परागत वन संरक्षण विधिहरूका अतिरिक्त नयाँ विधि र कार्यशैलीहरूको विकास गराउन जरुरी देखिन्छ । दक्षता अभिवृद्धिका निमित्त सामुदायिक वन उपभोक्ताहरूलाई तालिम, गोष्ठी, सेमिनार र अवलोकन भ्रमणका अवसरहरू प्रदान गर्नुपर्ने देखिन्छ । उप-महानगरपालिका र सामुदायिक वन उपभोक्ता समूहहरूको सहभागितामा सामुदायिक वनभित्र गैरकाष्ठ वनपैदावारको उत्पादनलाई प्रोत्साहित गर्न र विभिन्न तालिम गोष्ठी अध्ययन भ्रमणहरू गरिदै आएका छन् । यसले स्थानीयस्तरबाट वन व्यवस्थापनका सम्पूर्ण पक्षहरूलाई अघि बढाउन र वन क्षेत्रको उत्पादन बढाउन थप मद्दत मिल्ने देखिन्छ । सामुदायिक वनहरूको सुदृढीकरणका निमित्त जिल्ला वन कार्यालयको जनशक्ति मात्रै सम्भव नदेखिएकाले उक्त कार्यका निमित्त वनसँग आबद्ध विभिन्न गैरसरकारी संस्थाहरूलाई उप-महानगरपालिकामा परिचालन गर्नुपर्ने देखिन्छ । यस उप-महानगरपालिकामा दर्ता भएका सामुदायिक वनको विवरण तल उल्लेख गरिएको छ ।
| सि.नं. | सामुदायिक वनको नाम | हालको ठेगाना | क्षेत्रफल (हे) |
|---|---|---|---|
| १ | पशुपति सामुदायिक वन उपभोक्ता समिति | नेपालगञ्ज २० र १९ | |
| २ | झोरा सामुदायिक वन उपभोक्ता समिति | नेपालगञ्ज २१ | |
| ३ | हजरात सामुदायिक वन उपभोक्ता समिति | नेपालगञ्ज २३ |
ख. राष्ट्रिय वन
राष्ट्रिय वन भन्नाले वातावरण सन्तुलन कायम राखी वनको विकास, संरक्षण तथा वन पैदावारको उपयोग र बिक्री वितरण गर्न तयार गरिएको वन सम्बन्धी कार्ययोजना भन्ने बुझिन्छ । राष्ट्रिय वन भन्नाले निजी वन बाहेक नेपालभित्रको वन सिमाना लगाइएको वा नलगाइएको सबै वन सम्झनु पर्छ र सो शब्दले वनले घेरिएको वा वनको छेउछाउमा रहेको पर्ती वा ऐलानी जग्गा तथा वनभित्र रहेको बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेत जनाउँछ ।
ग. चकला वन
चकला वन भन्नाले कम्तिमा पाँच सय हेक्टर क्षेत्रफल भएको सरकारद्वारा व्यवस्थित वनको कुनै भाग भन्ने बुझिन्छ ।
घ. साझेदारी वन
साझेदारी वन भन्नाले डिभिजन वन कार्यालय, स्थानीय तह र उपभोक्ताको साझेदारीमा व्यवस्थापन गरिने राष्ट्रिय वनको कुनै भाग बुझिन्छ ।
ङ. धार्मिक वन
धार्मिक वन भन्नाले वनको विकास, संरक्षण र उपयोग गर्न कुनै धार्मिक निकाय, समूह वा समुदायलाई सुम्पिएको राष्ट्रिय वनलाई सम्झनु पर्छ ।
च. निजी वन
निजी वन भन्नाले प्रचलित कानून बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गा लगाई हुर्काइएको वा संरक्षण गरिएको वनलाई जनाउँछ ।
छ. कबुलियती वन
कबुलियती वन भन्नाले (केही नेपाल संशोधन गर्ने ऐन, २०७५ द्वारा थप गरिएको समेत), विभिन्न उद्देश्य प्राप्तिका लागि प्रचलित कानून बमोजिम स्थापित कुनै संस्था वन पैदावारमा आधारित कुनै उद्योग वा समुदायलाई कबुलियत गरी प्रदान गरिएको राष्ट्रिय वनलाई जनाउँछ । राष्ट्रिय वन ऐन, २ (४) को परिच्छेद-६ मा उल्लेख भए अनुसारको राष्ट्रिय वनको भागलाई नै कबुलियती वन भनिन्छ । कबुलियती वन देहाय बमोजिमको उद्देश्य प्राप्तिको लागि छुट्याइएको हुन्छ :
(क) वन पैदावारमा आधारित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न,
(ख) वृक्षारोपण गरी वन पैदावारको उत्पादनमा अभिवृद्धि गरी बिक्री वितरण गर्न वा उपयोग गर्न,
(ग) वनको संरक्षण र विकास हुने गरी पर्यटन व्यवसाय सञ्चालन गर्न,
(घ) वनको संरक्षण र विकास हुने गरी कृषि वन बाली कार्य सञ्चालन गर्न,
(ङ) वनको संरक्षण र विकास हुने गरी कीट, पतङ्ग तथा वन्यजन्तुको फार्म सञ्चालन गर्न ।
६.१.२ वृक्षारोपणका लागि खाली स्थान सम्बन्धी विवरण
यस उप-महानगरपालिकामा रहेको डुडुवा खोला लगायतका नदी तथा खोलाका किनारहरु, खेलमैदानका किनारहरु, सामुदायिक वन क्षेत्रहरु आदि वृक्षारोपणका लागि खाली स्थानका रुपमा रहेका छन् ।
६.१.३ जडिबुटी उत्पादन, संकलन तथा निकासी सम्बन्धी विवरण
नेपालगञ्ज उप-महानगरपालिका क्षेत्रमा विभिन्न प्रकारका जडिबुटीहरु पाइन्छन् । यहाँ पाइने महत्वपूर्ण स्थानीय जडिबुटीहरूको विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।
| क्र.सं. | नेपाली नाम | अंग्रेजी नाम | वैज्ञानिक नाम |
|---|---|---|---|
| १ | असुरो | Malabar nut | Adhatoda vasica Nees |
| २ | अदुवा | Ginger | Zingibar officinale Rose |
| ३ | आँक | Madar | Calotropis procera |
| ४ | करेला | Bitter Gourd | Memordia charantia Linn. |
| ५ | कागती | Lemon | Citrus aurantifolia (Christm) Swingle |
| ६ | काँस | Thatch grass | Saccharum spontareum Linn. |
| ७ | कुरिलो | Asparagus | Asparagus racemosus Willd. |
| ८ | कुश | Kus-grass | Desmostachya bipinnata Staff |
| ९ | केरा | Banana | Musa parasiciaca Linn. |
| १० | गुर्जो | Tinosphora cordifolia Willd Miers | |
| ११ | गुलाफ | Rose | Rosa sp. |
| १२ | घण्टीफूल (बाह्रमास) | China rose | Hibiscus rosa-sinensis Linn. |
| १३ | घोडाताप्रे | Water pennywort | Centella asistica (Linn.) Vrbm |
| १४ | घ्यूकुमारी | Aloe | Aloe barbadensis Mill |
| १५ | चरीअमिलो | India sorrel | Oxalis carniculata Linn. |
| १६ | तितेपाती | Mug-wort | Artemisia vulgaris Linn. |
| १७ | तुलसी | Holy basil | Ocimum sanctum Linn. |
| १८ | दुधेशार | Euphorbia thymifolia L | |
| १९ | दुबो | Conch grass | Cynodon dactylon Pers |
| २० | धतुरो | Datura | Datura metel Linn. |
| २१ | धनिया | Coriender | Corienfrum sativum Linn. |
| २२ | धगेरी | Fire flame bush | Woodforbia fruiticosa Kutz. |
| २३ | सिमली (निर्गुण्डी) | Fire-leaved chaste | Vitex negundo Linn. |
| २४ | नीम | Neem tree | Azadhiracta indica A.Juss |
| २५ | पारिजात | Night Jusmine | Nyctantanthes arbor-tristis Linn |
| २६ | पालुङ्गो | Spinas | Spicia oleracea Linn. |
| २७ | पिप्ला | Long pepper | Piper longum Linn. |
| २८ | पुदिना | Garden mint | Mentha spicata Linn. |
| २९ | विहीं | Solanum indicum Linn. | |
| ३० | बेथे | Lambs quarters | Chenopoidium album L |
| ३१ | बोझो | Sweet flag | Acorus calamus Linn. |
| ३२ | मुला | Radish | Raphanus sativus Linn. |
| ३३ | मोथे | Nut Grass | Cyperus rotundus Linn. |
| ३४ | लज्जावती | Sensitive plant | Mimosa pudica Linn. |
| ३५ | लसुन | Garlic | Allium sativum Linn. |
| ३६ | लुँडे | Pickly amaranth | Amaranthus spinosus L. |
| ३७ | सर्पगन्धा | Serpentina | Rauwolfia serpentine Bethex Kurz |
| ३८ | सयपत्री | Marigold | Tagetus erecta Linn. |
| ३९ | सिधुरे | Kamala | Mallotus Phillipinensis Muell.Arg. |
| ४० | सुप | Dill | Anethum sowa Kurz |
| ४१ | हलेदो | Turmeric | Curcuma longa Linn. |
६.२ जलश्रोत तथा जलाधार क्षेत्र
यस उप-महानगरपालिकामा रहेका डुडुवा खोला लगायतका खोला तथा नालाहरु यहाँका जलाधारका मुख्य स्रोतको रुपमा रहेका छन् । यो उप-महानगरपालिका रहेका डुडुवा खोला, डुडुवा खोला र राप्ती नदि तथा वाटरपार्क ताल, फुल्टेका ताल, रानी तलाउ, फुटाहा ताल, कान्ति ताल, पकनिया ताल, भटरवनवा ताल, सुईया ताल लगायत १८ वटा भन्दा बढि प्राकृतिक तालहरु पानीका मूख्य स्रोतका रूपमा रहेका छन् ।
६.२.१ प्रमुख नदी तथा खोलाहरू
उप-महानगरपालिकाका विभिन्न भौगोलिक क्षेत्र तथा वडाहरूमा फैलिएर रहेका खोलानालाहरूले प्रशस्त जलभण्डार गर्नुका साथै विभिन्न किसिमका जलचरहरू र पन्छीहरूलाई सुरक्षित बासस्थानको रुपमा आश्रय दिइरहेको पाइन्छ। साथै यस्ता खोलाहरूबाट पशुहरूले पानी पिउने र किसानहरूले समेत बेलाबखत आंशिक रुपमा सिँचाइको लागि पानीको प्रयोग गरेको देखिन्छ। मानव बस्तीको विकास र बसाइँसराइको चापका साथै अनुत्पादक पशुहरूको अत्यधिक चरीचराउ र उपयोगले प्राकृतिक नदी/खोलामा भू-क्षय भई पुरिने क्रम जारी छ।
नेपालगंज उप-महानगरपालिकाको खोलानाला नक्सा
| क.स. | नगरमा रहेका नदी तथा खोलाहरु | ठेगाना |
|---|---|---|
| १. | डुडुवा खोला | |
| २. | राप्ती नदी |
| क्र.सं. | तालतलैया, पोखरी र सिमसार क्षेत्रको नाम | (पोखरीहरूको संख्या) | वडा नं. |
|---|---|---|---|
| १. | वाटरपार्क ताल | १ | १ |
| २. | फुल्टेका ताल | १ | ६ |
| ३. | रानी तलाउ | १ | ८ |
| ४. | फुटाहा ताल | १ | १९ |
| ५. | कान्ति ताल | १ | २२ |
| ६. | पकनिया ताल | १ | १५ |
| ७. | भटरवनवा ताल | १ | १५ |
| ८. | सुईया ताल | १ | १५ |
| ९. | गदहा ताल | १ | १५ |
| १०. | प्रिपहवा ताल | १ | १५ |
| ११. | पश्चिम ताल | १ | १५ |
| १२. | इदगाह तलाउ | १ | १६ |
| १३. | कान्ति ताल | १ | २२ |
| १४. | लकधावा ताल | १ | १८ |
| १५. | मुनीया तलाउ | १ | २० |
| १६. | खैजु ताल | १ | २० |
| १७. | मरघटिया तलाउ | १ | २० |
| १८. | पण्डित तलाउ | १ | २० |
६.३ जैविक विविधता र वातावरणीय सेवा
६.३.१ बासस्थानका आधारमा महत्वपूर्ण जनावर र चराचुरुङ्गीको विवरण
क) प्रमुख वन्यजन्तुहरूको विवरण
यस उप-महानगरपालिकामा पाइने प्रमुख वन्यजन्तुहरूमा खरायो, बाँदर, स्याल, दुम्सी आदि रहेका छन् ।
ख) घिस्रने जीवजन्तुहरू
यस उप-महानगरपालिकामा विशेष गरी घिस्रने जीवजन्तु अन्तर्गत सर्प, पानी सर्प, छेपारो, गोहोरो, भ्यागुता पाइन्छन् ।
ग) कीरा फट्याङ्ग्राहरू
पुतली, फट्याङ्ग्रा, पतेरा, गाइनेकीरा, झ्याउँकीरी, लाही, किथिक्की, जुनकीरी, अरिंगाल, मौरी, माकुराहरु, सुलसुले, माछा, अरिंगाठे, कनसुत्ले, आदि पाइन्छन् ।
६.३.२ महत्वपूर्ण वनस्पती विवरण
उप-महानगरपालिकामा वन क्षेत्र अत्यन्त नगण्य मात्रामा रहेकोले वन क्षेत्रमा पाइने बनस्पतीहरुको अभाव रहेको छ। त्यसैले यहाँ झाडी बुट्यानका अलावा फलफुलका बोट विरुवाहरुको उपलब्धता रहेको छ।
६.४ विपद् जोखिम व्यवस्थापन
उप-महानगरपालिकामा डुबान, महामारी, बाढी, असिना, हावाहुरी, शीतलहर तथा जंगली जनावरको आक्रमण जस्ता प्रकोपहरु दोहोरिरहने गरेका छन्। यसका साथै हाल आएर कोरोना भाइरस (कोभिड-१९) पश्चात डेंगी प्रमुख प्रकोपको रुपमा थपिएको छ। यसका साथै सडक दुर्घटना, शीतलहर, लू लाग्नु सहायक प्रकोपहरु हुन्। भूकम्पको जोखिमलाई भने कहिल्यै पनि नकार्न मिल्दैन। उत्तर चुरे पहाडबाट दक्षिणतिर बग्ने नदीहरु र खहरे खोलाहरुमा बाढीजन्य प्रकोपबाट यस उप-महानगरपालिकामा डुबान र कटानले धेरै धनजनको क्षति हुने गरेको छ। समय अनुसारको अन्नबाली तथा बेमौसमी तरकारी खेतीका साथै बगर खेतीमा समेत ठुलो नोक्सान पुऱ्याइरहेको देखिन्छ।
उप-महानगरको उत्तरी भागमा डुडुवा खोला र राप्ती नदीका कारण शहरी क्षेत्रमा बग्ने खोलाहरुले यहाँको भू-भाग वर्षेनी डुबान र कटान गर्ने गर्दछ। यसको लागि उप-महानगरपालिकामा रहेका कच्ची सडक, खोला, पुलपुलेसा, कल्भर्ट, कुलो आदिको व्यवस्थापन तथा मर्मत गरी अनियन्त्रित बाढीको प्रकोप कम गर्न सकिन्छ। उप-महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणको लागि जोखिमयुक्त समुदाय र समग्र नगरबासीलाई विपद् पूर्व गरिने क्रियाकलापको नीतिगत व्यवस्था, जनचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु, न्यूनीकरण र आपतकालीन पूर्वतयारीका क्रियाकलापहरुलाई प्राथमिकताकरण गरेको छ।
मूलतः उप-महानगरपालिकाका खोलाहरुको वरिपरि केन्द्रीत रहेको मानव बस्तीको मानवीय गतिविधिले डुबानका क्षेत्रमा भौतिक तथा मानवीय दृष्टिकोणले प्रतिकूल प्रभाव पारेको छ। यसलाई रोक्नका लागि तटबन्ध र ढल निकासको उचित व्यवस्था मिलाउनुपर्ने देखिन्छ। त्यस्तै तुषारो, असिना, हावाहुरीले खाद्यबाली तथा फलफुलबालीलाई नष्ट पार्ने गर्दछ। बाढी नियन्त्रणका लागि अल्पकालीन उपायको रुपमा तटबन्ध निर्माण, मध्यकालीन उपायको रुपमा प्रभावित क्षेत्रमा वृक्षारोपण र दीर्घकालीन उपायको रुपमा खोला प्रभावित क्षेत्रको पूर्ण संरक्षण र मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणतर्फ काम अगाडि बढाउनुपर्ने देखिन्छ। उल्लेखित क्षेत्रलाई मानवीय गतिविधिबाट अप्रभावित पार्ने र सघन जलाधार क्षेत्र संरक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिएको छ।
६.४.१ विपद् प्रकोपबाट भएको मानवीय र भौतिक क्षतिको विवरण
यस उप-महानगरपालिकामा वर्षातको समयमा बाढी (डुबान तथा कटान)ले मानवीय तथा भौतिक क्षति गर्ने गर्दछ। जसबाट वर्षेनी धेरै घरधुरीको भौतिक क्षति हुने गर्दछ। जग्गा जमिन कटान, माछापोखरीमा क्षति, पशुपंक्षीमा क्षति, बालीनाली तथा भौतिक पूर्वाधारको क्षति, शुद्ध पानी तथा सरसफाईको अभावका कारण रोग फैलन साथै घरहरू आदिमा क्षति लगायतका समस्या हुने गर्दछ।
६.४.२ विपदको किसिम अनुसार जोखिमको समय
| क्र.सं. | सम्भावित प्रकोप | विद्यमान अवस्था | समय |
|---|---|---|---|
| १. | बाढी (डुवान, कटान) | उप-महानगरपालिकामा रहेका खोला/नालाहरुले वर्षातको समयमा खेतीयोग्य जमिन तथा बस्तीहरुमा कटान तथा डुबानमा पारेको। वर्षेनी धेरै सङ्ख्यामा परिवारहरू प्रभावित भइरहेका छन्। | जेष्ठ-असोज |
| २. | हावाहुरी/चट्याङ | हावाहुरी आउदा खर/पराल, खपडा र जस्तापाताको छाना भएका घरका छाना उडाउने समस्या, चट्याङ पर्ने समस्या | चैत्र-जेष्ठ |
| ३. | महामारी | प्रकोपका रूपमा झाडापखाला लगायतका पानीजन्य रोग बढ्ने गरेको, स्रोतसाधन अभाव र जनचेतनाको कमी, अनुकूल क्षमताको अभाव। | विपद् पछि, अन्य समयमा |
| ५. | आगलागि/डढेलो | उप-महानगरपालिकाको धेरै जसो विद्युत सर्ट सर्किट, मानवीय लापरबाही, घनाबस्ती लगायतका अति विभिन्न समुदायका घरहरू जनचेतना अभाव, अग्नी नियन्त्रण यन्त्रको अभाव, चुल्होमा आगो सल्काउँदा मट्टितेलको प्रयोग गर्नु र सलाई लाईटर जस्ता आगो बाल्ने वस्तुहरू बच्चाले खेलाउँदा आगलागीका घटना बढी हुने गरेका छन्। साथै डढेलोको समस्या पनि देखिन्छ। | चैत्र-जेष्ठ |
| ६. | असिना | असिना पानीले बालीनाली र कच्ची घरका छानामा असर पुऱ्याउने गरेको। | चैत्र-जेष्ठ |
| ७. | कोरोना भाइरस, वर्डफ्लु, अन्य फ्लु | शुद्ध खानेपानी तथा सरसफाईको कमी, अव्यवस्थित कुखुरा पालन, स्वाइन फ्लु आदि। | जुनसुकै समयमा |
| ८. | भूकम्प | भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औं स्थानमा रहेको र उप-महानगरपालिकामो भूकम्प प्रतिरोधात्मक भवन कमै मात्रामा भएको, भवन आचारसंहिता पूर्ण रूपमा लागू नभएको। | जुनसुकै समयमा |
| ९. | शीतलहर | जोखिम वर्ग वृद्धवृद्धा तथा बालबालिकाहरु विरामी हुने समय। अति विपन्न घरपरिवार वर्षेनी शीतलहरको समस्या बाट धेरै प्रभावित हुने। | पुस, माघ |
| १०. | लु | उप-महानगरपालिकामा गर्मी महिनामा अत्यधिक गर्मी ४६° सम्मको तापक्रम हुने भएकाले बेहोस हुने, सुन्निने, बाउँडिने लगायत मानसिक समस्या आउने समस्याहरु देखा पर्ने। | असार, श्रावण, भदौ |
| ११. | खडेरी (अत्यधिक गर्मी) | खडेरीका कारण अन्नबाली र तरकारीबालीमा उत्पादनमा असर पर्ने। | जेष्ठ/साउन |
| १२. | किराफट्याङ्ग्रा | जलवायु परिवर्तन सँगै किराफट्याङ्ग्राले बालीनालीमा नोक्सान तथा उत्पादनमा असर गर्ने। | मौसम अनुसार |
६.४.३ विपद् व्यवस्थापनको पूर्वतयारी
| Local Emergency Operation Center (LEOC), Nepalgunj SMC | |||||
|---|---|---|---|---|---|
| Search and Rescue Stock (2080) | |||||
| S.No | List Of Materials | Stock | Total | ||
| GIZ | SUPER | LEOC | |||
| १ | Pick axe with bit | ५ | १० | १८ | ३३ |
| २ | Shovel | ० | १० | १७ | २७ |
| ३ | Spade with bit | १० | ५ | २४ | ३९ |
| ४ | Sledge hammer | ५ | ७ | ११ | २३ |
| ६ | Crow bar | ० | १५ | ० | १५ |
| ९ | Saw frame | १० | १० | ० | २० |
| ११ | Hand shaw blade | ० | १०० | ० | १०० |
| १२ | Carpenter hammer | ० | २० | १६ | ३६ |
| १७ | Crescent pipe wrinch 12' | ० | ५ | ० | ५ |
| १८ | Crscent | ० | ५ | ० | ५ |
| १९ | Screw driver set | ० | ५ | ० | ५ |
| २० | Slide wrinch 12'15" | ० | १५ | ० | १५ |
| २२ | Spanner set | ० | ५ | ० | ५ |
| २३ | Tape measuring 50,5 mtr clothe | २ | १५ | ० | १७ |
| २५ | Ladder | १ | १ | ० | २ |
| २६ | Streacher 3 folding | १० | ३ | ० | १३ |
| २७ | Safety halmet | १५ | १५ | १५ | ४५ |
| २८ | Safety vest | ० | १५ | ० | १५ |
| २९ | Ear plug | ० | २० | ० | २० |
| ३० | Gloves | २० | १० | ३ | ३३ |
| ३१ | Knee pad | ० | १ | ० | १ |
| ३२ | Scene tape | ० | १ | ० | १ |
| ३३ | Safety belt | ० | १ | ० | १ |
| ३४ | Jack screw | ० | ३ | ० | ३ |
| ३६ | Search light | ५ | ५ | ० | १० |
| ३७ | Proctative glass | १५ | ५ | ० | २० |
| ३८ | Nylon rope | ० | ५ | ० | ५ |
| ३९ | Rope | ० | ० | ६५ | ६५ |
| ४० | Life jacket | १५ | १० | ० | २५ |
| ४१ | Throw bag | ५ | ५ | ० | १० |
| ४२ | Chain Saw | ० | १ | ० | १ |
| ४३ | Back Board | ० | १ | ० | १ |
| ४४ | Wheel barrow | ० | १ | ० | १ |
| ४५ | Blanket | ५० | ० | ५५ | १०५ |
| ४६ | mosquito net | ० | ० | १०० | १०० |
| ४७ | Big bag | ० | ० | १०० | १०० |
| ४८ | Bed sheet | ० | ० | १०० | १०० |
| ४९ | Tarpauline | ४० | ० | १५ | ५८ |
| ५० | Boot | १५ | ० | ९९ | ११४ |
| ५१ | Mat | ० | ० | ३० | ३० |
| ५२ | Rubber mattress | ५० | ० | ० | ५० |
| ५३ | Climbing rope | १२० | ० | ० | १२० |
| ५४ | Bucket | १० | ० | ० | १० |
| ५५ | Pickaxe | १० | ० | ० | १० |
| ५६ | Fire extinguisher | २ | ६ | ० | ८ |
| ५७ | First aid kit | २ | ० | ० | २ |
| ५८ | Fire blanket | १ | ० | ० | १ |
| ५९ | Adjustable wrench | २ | ० | ० | २ |
| ६० | Tool set box | १ | ० | ० | १ |
| ६२ | Drill machine | १ | ० | ० | १ |
| ६३ | Chain saw | १ | ० | ० | १ |
| ६४ | Thermal gun | ५ | ० | ० | ५ |
६.४.४ आपतकालिन यातायात साधन सम्बन्धी विवरण
उप-महानगरपालिकाको केन्द्रमा स्वास्थ्य सेवाहरूको पहुँच भएतापनि सबै वडाहरूको स्वास्थ्य संस्थाहरूबाट आपतकालीन स्वास्थ्य सेवाहरू पुऱ्याउन सकिरहेको अवस्था छैनन्। आपतकालिन अवस्थामा बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि नगर भित्र २४ घण्टा सेवा सहित २८ वटा एम्बुलेन्स, ३ वटा दमकल सञ्चालनमा रहेका छन्। अनियन्त्रित डढेलोको प्रभावबाट यस उप-महानगरपालिका पनि अछुतो रहन सकेको छैन। त्यसकारण यस उप-महानगरपालिकामा बारुण यन्त्रको व्यवस्थापन राम्रो रहेको छ भने विभिन्न समुदायमा आपतकालिन अवस्थामा सेवा प्रवाह गर्नका लागि वडागत रुपमा आवश्यक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने देखिन्छ। उपमहानगरपालिकामा रहेका आपतकालिन यातायातका साधनको विवरण तलको तालिकामा समावेश गरिएको छ।
| क्र.सं. | सवारी साधनहरूको नाम | संख्या |
|---|---|---|
| १. | दमकल | ३ वटा |
| २. | फायर बाइक | १ वटा |
| ३. | पशु एम्बुलेन्स | १ वटा |
| ४. | जे.सि.भि. | २ वटा |
| ५. | चेन डोजर | १ वटा |
| ६. | वाटर ट्याङ्कर | १ वटा |
| ७. | एम्बुलेन्स (उपमहानगरपालिका भित्रका) | २८ वटा |