परिच्छेदहरू

परिच्छेद ८

संस्थागत तथा सुशासनको स्थिति

संगठनात्मक संरचना, सेवा सुविधा, र ऐन नीति नियम

८.१ संगठनात्मक तथा मानव संसाधनको अवस्था

८.१.१ उप-महानगरपालिकाको संगठनात्मक ढाँचा: संगठनात्मक सर्वेक्षणमा रहेको प्रस्तावित संगठन तालिका

नेपालगन्ज उप-महानगरपालिकाको संगठनात्मक ढाँचा

उप-महानगरपालिकाको संगठनात्मक ढाँचा

८.२ सेवा सुविधा सञ्चालन र व्यवस्थापन

८.२.१ उपलब्ध सेवा सुविधाको प्रकार

अपाङ्ग परिचयपत्र वितरण तथा अद्यावधिक,

निःशूल्क उपचार सिफारिस,

कृषि समूह दर्ता, नवीकरण तथा खारेजी,

कृषि यन्त्र, औषधि तथा पशु औषधि उपचार र उपकरण वितरण,

बाली तथा पशुपंक्षी बीमा,

प्राइभेट फर्म दर्ता, नवीकरण तथा खारेजी,

व्यवसाय दर्ता, नवीकरण तथा खारेजी,

सहकारी दर्ता तथा खारेजी,

संघ संस्था दर्ता तथा खारेजी,

रोजगार परामर्श,

व्यक्तिगत घटना दर्ता,

सामाजिक सुरक्षा भत्ताको नयाँ लाभग्राही दर्ता तथा नवीकरण,

घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र वितरण तथा नवीकरण,

घर निर्माण अनुमति,

घरनक्सा पास तथा अभिलेखीकरण,

विवाद निरुपण तथा मेलमिलाप,

छात्रवृत्ति सिफारिस,

विद्यालय सञ्चालन तथा कक्ष थप अनुमति,

तालिमहरू सञ्चालन,

उप-महानगरपालिका र वडा कार्यालयहरूबाट विभिन्न सिफारिस र प्रमाणितका कार्यहरू आदि ।

८.२.२ सेवा प्रवाह प्रक्रिया र पृष्ठपोषण

अपाङ्ग तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण

सम्बन्धित व्यक्तिको निवेदन, वडाको सिफारिस र आवश्यक परेको खण्डमा विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा अपाङ्ग परिचयपत्र वितरण समितिले जाँचबुझ गरी परिचयपत्र वितरण गर्ने ।

ज्येष्ठ नागरिक परिचयपत्रका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन पेश गरेमा जाँचबुझ गरी परिचयपत्र वितरण हुने ।

क्लब दर्ता

बाल क्लब, किशोरी क्लब, युवा क्लब, सञ्जालहरू विधान, बैठकका निर्णयहरू, आवश्यक अन्य कागजातहरू संलग्न गरी निवेदन पेश गरेमा आवश्यक जाँचबुझ गरी उपयुक्त भएमा दर्ता हुने र नियमानुसार नवीकरण तथा खारेजीको कार्य गरिने ।

निःशूल्क उपचार सिफारिस

सम्बन्धित व्यक्तिको निवेदन, अस्पतालको प्रेषण पूर्जा र वडाको सिफारिसका आधारमा निःशूल्क उपचार सिफारिस समितिका आधारमा निःशूल्क उपचारका लागि सिफारिस हुने ।

कृषि समूह दर्ता

प्रस्तावित समूहको निर्णय प्रतिलिपि, नागरिकता प्रमाणपत्रहरू सहित निवेदन पेश भएपछि कृषि तथा पशु सेवा उपशाखाले आवश्यक जाँचबुझ गरी कृषि समूह दर्ता गर्ने र नियमानुसार नवीकरण तथा खारेजीको कार्य गरिने ।

कृषि यन्त्र, औषधि तथा पशु औषधि उपचार र उपकरण वितरण

वार्षिक कार्यक्रम, लक्षित वर्गको माग र निवेदनका आधारमा कृषि यन्त्र र पशु उपचार उपकरण वितरण हुने । सेवा केन्द्रहरूबाट उपचार सेवा निःशूल्क रुपमा उपलब्ध हुने ।

बाली तथा पशुपंक्षी बीमा

उप-महानगरपालिकाले अनुदानमा इच्छुक व्यक्तिहरूको बाली तथा पशुपंक्षी बीमा गरिदिने ।

व्यवसाय दर्ता

वडाको सिफारिस, जग्गाधनी प्रमाण-पत्रको प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन इच्छुकले पेश गरेमा व्यवसाय दर्ता र सोको नियमानुसार नवीकरण तथा खारेजीको कार्य गरिने ।

सहकारी दर्ता

विनियम सहित भेलाका निर्णयहरूका प्रतिलिपि, नागरिकता प्रमाणपत्रका प्रतिलिपिहरू र आवश्यक अन्य कागजातहरू संलग्न गरी पेश गरेमा आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा सहकारी संस्था दर्ता हुने, एकीकरण, विभाजन र नियमानुसार दर्ता खारेजीको कार्य गरिने ।

स्थानीय संघ संस्था दर्ता

विधान, बैठकका निर्णयहरूका प्रतिलिपि, नागरिकता प्रमाणपत्रका प्रतिलिपिहरू, आवश्यक अन्य कागजातहरू संलग्न गरी निवेदन पेश गरेमा आवश्यक जाँचबुझ गरी उपयुक्त भएमा संघ संस्था दर्ता हुने र नियमानुसार नवीकरण तथा खारेजीको कार्य गरिने ।

रोजगार परामर्श

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि रोजगार सेवा केन्द्रबाट परामर्शको कार्य गरिने ।

श्रम स्वीकृति

व्यक्तिगत श्रम स्वीकृतिका लागि रोजगार प्रदायक कम्पनीले दिएको भिजा, सम्झौताको कागजात लगायतका कागजातहरू संलग्न गरी पेश गरेमा अनलाइन माध्यमबाट सोको स्वीकृतिको कार्य अगाडि बढाइने र स्वीकृति भई आए पश्चात् प्रिन्ट गरी स्वीकृति पत्र प्रदान गरिने ।

वैदेशिक रोजगारीबाट बिदामा फर्किएका व्यक्तिहरू पुनः वैदेशिक रोजगारीमा जान थाल्दा पुनः श्रम स्वीकृतिका लागि रोजगार प्रदायक कम्पनीले दिएको भिजा, सम्झौताको कागजात लगायतका कागजातहरू संलग्न गरी पेश गरेमा अनलाइन माध्यमबाट सोको पुनः स्वीकृतिको कार्य अगाडि बढाइने र स्वीकृति भई आए पश्चात् प्रिन्ट गरी स्वीकृति पत्र प्रदान गरिने ।

वैदेशिक रोजगारी सहायता

वैदेशिक रोजगार बोर्ड मार्फत् प्रदान गरिने मृत्यु तथा अंगभंग क्षतिपूर्ति, परिवार स्वास्थ्य उपचार खर्च, मृत्यु भएमा शव घरसम्म झिकाउने कार्य, विदेशमा अलपत्र परेकाको उद्धार तथा खोजतलास लगायतका कार्यका लागि वडाको सिफारिस सहित अन्य आवश्यक कागजातहरू संलग्न गरी निवेदन पेश गरेमा आवश्यक प्रक्रिया अगाडि बढाई सेवा प्रदान गरिने ।

व्यक्तिगत घटना दर्ता

सूचकले दिएको सूचना फाराम र आवश्यक अन्य कागजातहरूको आधारमा स्थानीय पञ्जिकाधिकारीले जाँचबुझ गरी अनलाइन व्यक्तिगत घटना दर्ता गरी दर्ता प्रमाणपत्र प्रदान गर्ने ।

सामाजिक सुरक्षा भत्ताको नयाँ लाभग्राही दर्ता तथा नवीकरण

ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला, अपाङ्ग, विधवा, दलित बालबालिका पोषण भत्ता, लोपोन्मुख नागरिकका लागि सामाजिक सुरक्षा भत्तामा नयाँ लाभग्राहीको रुपमा दर्ता हुन वडा कार्यालयमा आप्नो आवश्यक कागजातहरू सहित फाराम भरी निवेदन पेश गरेमा जाँचबुझ गर्दा योग्य देखिएमा नयाँ लाभग्राहीका रुपमा दर्ता भई अर्को महिनाबाट भत्ता पाउने व्यवस्था रहेको छ ।

सामाजिक सुरक्षा भत्तामा दर्ता रहि रहेका व्यक्तिहरूका लागि प्रत्येक वर्ष भदौको महिनाभित्र आप्नो कागजातहरू सहित फाराम भरी निवेदन पेश गरेमा नवीकरणको कार्य तथा तथ्याङ्क अद्यावधिक गरिने व्यवस्था रहेको छ ।

घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र वितरण

आवश्यक जनशक्ति र यन्त्र उपकरणको विवरण र प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि संलग्न गरी निवेदन पेश गरेमा आवश्यक जाँचबुझ गरी कार्यपालिकाको निर्णय बमोजिम इजाजत पत्र प्रदान गर्ने र नियमानुसार नवीकरण तथा खारेजीको कार्य गरिने ।

घर निर्माण अनुमति, घरनक्सा पास तथा अभिलेखीकरण

निर्माण गर्ने घरको ड्रइङ डिजाइन सहित घरनक्सा पासका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन पेश गरेमा आवश्यक जाँचबुझ र प्रक्रिया पूरा गरी घरनक्सा पास गरिने र सोका आधारमा घर निर्माण अनुमति प्रदान हुने ।

पुराना घरहरूका हकमा निर्मित घरको नक्सा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन पेश गरेमा आवश्यक जाँचबुझ र प्रक्रिया पूरा गरी अभिलेखीकरण प्रमाणपत्र प्रदान गरिने ।

विवाद निरुपण तथा मेलमिलाप

स्थानीय न्यायिक समितिले आफ्ना क्षेत्राधिकार भित्रका विभिन्न विषयमा न्याय निरुपण तथा मेलमिलापका कार्य गर्ने ।

छात्रवृत्ति सिफारिस

निःशुल्क अध्ययनका लागि वडाको सिफारिस सहित निवेदन पेश गरेमा आवश्यक जाँचबुझ गरी छात्रवृत्तिका लागि सिफारिस गर्ने ।

विद्यालय सञ्चालन तथा कक्ष थप अनुमति

विद्यालय सञ्चालन वा कक्षा थपका लागि आवश्यक पूर्वाधार पूरा गरी आवश्यक अन्य कागजातहरू संलग्न गरी निवेदन पेश गरेमा आवश्यक जाँचबुझ गर्दा उपयुक्त देखिएमा विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गर्ने ।

तालिम सञ्चालन

उप-महानगरपालिकाको आफ्नै वार्षिक योजना/कार्यक्रमबाट विभिन्न आय तथा सीपमूलक तालिमहरू सञ्चालन हुने गर्दछन् भने विभिन्न गैरसरकारी संघसंस्थाहरूको समन्वय तथा सहकार्यमा समेत त्यस्ता तालिमहरू सञ्चालन हुने गरिरहेका छन् ।

उप-महानगरपालिका र वडा कार्यालयहरूबाट विभिन्न सिफारिस र प्रमाणितका कार्यहरू

स्थानीय तहको क्षेत्राधिकारभित्र रहेका स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोके बमोजिमका कार्यहरूका लागि आवश्यक कागजातहरू संलग्न गरी उप-महानगरपालिका वा वडामा निवेदन पेश गरेमा नियमानुसार सिफारिस तथा प्रमाणितका कार्यहरू गर्ने ।

८.३ ऐन, नीति नियम र कार्यप्रणाली

८.३.१ उप-महानगरपालिकाका स्वीकृत ऐन, नीति, नियम, निर्देशिका तथा मापदण्डहरू

उप-महानगरपालिकाबाट स्वीकृत ऐन, नीति नियम, निर्देशिका तथा मापदण्डहरु
क्र.स. विवरण
१. लैङ्गिक हिंसा निवारण रणनीति तथा बाल विवाह उन्मूलन कार्ययोजना, २०७५
२. बाल संरक्षण नीति, २०७५
३. असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६
४. सामुदायिक विद्यालयका किशोरीहरूका लागि सेनेटरी प्याड खरिद मापदण्ड, २०८१
५. सहकारी ऐन, २०७४
६. फोहोरमैला व्यवस्थापन ऐन, २०७५
७. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५
८. नेपालगन्ज (आर्थिक ऐन), २०७६
९. विनियोजन ऐन, २०७५
१०. आर्थिक ऐन, २०७७
११. नेपालगन्ज उप-महानगरपालिका बालबालिका सम्बन्धी ऐन, २०७७
१२. अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७७
१३. आर्थिक ऐन, २०७८
१४. सुशासन ऐन, २०७८
१५. कर्मचारी समायोजन ऐन, २०७८
१६. आर्थिक ऐन, २०८०
१७. आर्थिक ऐन, २०८१
१८. आय व्यवस्थापन तथा नियमन ऐन, २०८१
१९. नगर प्रहरी ऐन (दोस्रो संशोधन), २०८१
२०. आर्थिक ऐन, २०८२
२१. मर्मत सम्भार कोष स्थापना तथा संचालन गर्न बनेको ऐन, २०८२
२२. विनियोजन ऐन, २०८२
२३. नगरबस संचालन तथा व्यवस्थापन कार्यविधि, २०७५
२४. नगरसभा गठन नियमावली, २०७५
२५. सार्वजनिक खरिद नियमावली, २०७७
२६. नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि, २०७५
२७. बालक्लव र बालक्लव संचालन गठन तथा सन्चालन कार्यविधि, २०७५
२८. अपाङ्ग भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७५
२९. अपाङ्ग भएका व्यक्तिहरूको व्यवस्थापन तथा पहिचान सम्बन्धी कार्यविधि, २०७५
३०. वारुणयन्त्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५
३१. बालकोष सञ्चालन कार्यविधि, २०७५
३२. बालबालिकाको हक, अधिकार संरक्षण र सम्वर्द्धन गर्ने सम्बन्धी कार्यविधि, २०७५
३३. स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५
३४. लैङ्गिक हिंसा निवारण कोष संचालन कार्यविधि, २०७५
३५. विपद व्यवस्थापन कोष कार्यविधि, २०७६
३६. महिला विकास कार्यक्रमको परिचय उद्देश्य र कार्यान्वयन कार्यविधि, २०७६
३७. ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७
३८. आधारभूत तह (कक्षा-८) विद्यार्थी मूल्याङ्कन तथा नतिजा प्रकाशक कार्यविधि, २०७८
३९. बालिका शिक्षा र बालविवाह न्यूनीकरण मुद्दती खाता योजना कार्यक्रम संचालन कार्यविधि २०७८
४०. ई-रिक्सा संचालन व्यवस्थापन तथा नियमन कार्यविधि, २०७८
४१. महिला क्लव संचालन सम्बन्धी विनियम कार्यविधि, २०७८
४२. जग्गा रेखाङ्कन कार्यविधि, २०७८
४३. विपत् राहत वितरण सम्बन्धी मापदण्ड, २०७८
४४. किशोरी विकास कार्यक्रम संचालन कार्यविधि, २०७८
४५. टोल स्तरीय संस्था गठन तथा संचालन कार्यविधि, २०७८
४६. लैङ्गिक हिंसा अन्त्यको लागि पुरुष संजाल गठन तथा परिचालन सम्बन्धी कार्यविधि, २०७८
४७. लैङ्गिक समानता नीति, तथा कार्यान्वयन कार्यविधि, २०७८
४८. नेपालगन्ज उप-महानगरपालिका ज्येष्ठ नागरिक क्लव संचालन गठन सम्बन्धी कार्यविधि, २०७८
४९. आपतकालिन कार्य संचालन कार्यविधि, २०७९
५०. नेपालगन्ज उप-महानगरपालिका ज्येष्ठ नागरिक क्लव संचालन गठन सम्बन्धी कार्यविधि, २०७९
५१. विपद् जोखिम बीमा सम्बन्धी कार्यविधि, २०८०
५२. व्यवसाय निरन्तरता योजना, २०८०
५३. गरीब सँग स्थानीय सरकार संचालन कार्यविधि, २०८०
५४. युवा क्लव गठन तथा परिचालन कार्यविधि, २०८०
५५. अपाङ्गता अधिकार प्रवर्द्धन कोष कार्यविधि, २०८०
५६. अश्व तवेला तथा कसगरहरुको कल्याणकारी एक सुरक्षित आवास कार्यक्रम संचालन कार्यविधि, २०८०
५७. दाइजो प्रथा रोकथाम तथा उन्मूलन कार्यविधि, २०८१
५८. अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण प्रवर्द्धन सम्बन्धी निर्देशिका, २०७५
५९. वडा कार्यालयहरुको लेखा निर्देशिका, २०७६
६०. स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण निर्देशिका, २०७६
६१. नगर बस सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७६
६२. मेलमिलाप निर्देशिका, २०७६
६३. नेपालगन्ज उप-महानगरपालिकाको वडा कार्यालयहरुको लेखापालन निर्देशिका, २०७६
६४. लैङ्गिक हिंसा सम्बोधनका लागि सिफारिस प्रणाली सम्बन्धी निर्देशिका, २०७६
६५. मेलमिलाप निर्देशिका, २०७६
६६. सार्वजनिक खरिद नियमावली, २०७७
६७. बालविवाहमुक्त अभियान संचालन निर्देशिका, २०७८
६८. बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८
६९. नेपालगन्ज उप-महानगरपालिका स्तरमा संचालनमा रहेका मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरुको हकहित र मर्यादित श्रम सम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निर्देशिका, २०७८
७०. कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका, २०७९
७१. नगर विपद् व्यवस्थापन स्वंयम सेवक परिचालन निर्देशिका, २०८०
७२. बाल संरक्षण नीति, २०७५
७३. नेपालगन्ज उप-महानगरपालिकाको आम सञ्चार नीति, २०७८
७४. सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता सम्बन्धी नीति, २०८०
७५. सरसफाईकर्मीहरुका लागि पेशागत सुरक्षा तथा स्वास्थ्य नीति मार्ग दर्शन, २०८१
स्रोत: नगरकार्यपालिकाको कार्यालय

८.३.२ नगरकार्यपालिकाको जनशक्ति सम्बन्धी विवरण

तालिका नं. ९६: कार्यपालिकाले प्रस्तावना गरेको जनशक्तिको विवरण
क्र.स. महाशाखा/शाखाको नाम पद तह सेवा/समूह स्वीकृत दरवन्दी
१. प्रमुख प्रशासकीय अधिकृत सहसचिव प्रशासन/ सा.प्र.
२. नगर प्रमुखको सचिवालय प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
३. नगर उपप्रमुखको सचिवालय वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
४. प्रमुख प्रशासकीय अधिकृतको सचिवालय वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
५. का.स.
६. ह.स.चा.
जम्मा १०
१. प्रशासन महाशाखा उपसचिव/उपनिर्देशक/ वरिष्ठ उपसचिव/ निर्देशक ९/१० औं प्रशासन/ सा.प्र.
१.१ प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखा प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
प्रशासन सहायक ४ औं प्रशासन/ सा.प्र.
ह.स.चा.
१.२ आन्तरिक व्यवस्थापन तथा खरिद शाखा प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
प्रशासन सहायक ४ औं प्रशासन/ सा.प्र.
१.३ आर्थिक प्रशासन शाखा लेखा अधिकृत/वरिष्ठ ले.अ. ७/८ औं प्रशासन/ लेखा
लेखापाल/सहायक ले.अ. ५/६ औं प्रशासन/ लेखा
क.अ./सहायक क. अधिकृत ५/६ औं प्रशासन/ विविध
सह लेखापाल ४ औं प्रशासन/ लेखा
१.४ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा महिला विकास अधिकृत/ वरिष्ठ म.वि.अ. ७/८ औं प्रशासन/ विविध
महिला विकास निरीक्षक/ स.म.वि.अधिकृत ५/६ औं प्रशासन/ विविध
१.५ कानून शाखा कानुन अधिकृत/ब.का.अ. ७/८ औं प्रशासन/ कानुन
सहायक सहायक/ स.का.अ. ५/६ औं प्रशासन/ कानुन
१.६ नगर प्रहरी शाखा प्रहरी निरीक्षक ७ औं
प्रहरी नायव निरीक्षक ५ औं
प्रहरी सहायक निरीक्षक ४ औं
प्रहरी हवल्दार ३ औं
प्रहरी जवान २५
ह.स.चा./हेभी
का.स.(समग्रमा)
जम्मा ६२
२. योजना तथा बजेट महाशाखा उपसचिव/उपनिर्देशक/ वरिष्ठ उपसचिव/ निर्देशक ९/१० औं प्रशासन/ सा.प्र.
२.१ योजना बजेट अनुगमन तथा मूल्याङ्कन शाखा प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
प्रशासन सहायक ४ औं प्रशासन/ सा.प्र.
२.२ राजस्व व्यवस्थापन शाखा प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
क.अ./सहायक क. अधिकृत ५/६ औं प्रशासन/ विविध
प्रशासन सहायक ४ औं प्रशासन/ सा.प्र.
२.३ सरसफाइ तथा वातावरण प्रवधर्न शाखा वातावरण ईन्जिनियर/ ब.वा.इन्जिनियर ७/८ औं प्रशासन/ विविध
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
सरसफाई तथा अन्य सुपरभाईजर ४ औं ३५
सरसफाईकर्मि २००
ह.स.चा./हेभी/टेक्टर/ टिप्पर/जेसिबि/कम्प्याक्टर आदि १८
२.४ विपद् व्यवस्थापन शाखा प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
वारुणयन्त्र इन्चार्ज ७ औं
वारुणयन्त्र सहायक ४ औं
हेभी दम कल चालक
फायरम्यान तथा हेल्पर १२
२.५ सूचना तथा प्रविधि शाखा सूचना प्रविधि अधिकृत/ ब.सू.प्र.अ. ७/८ औं सूचना प्रविधि
सहायक कम्प्युटर अपरेटर ४ औं प्रशासन/ विविध
२.६ तथ्याङ्क शाखा तथ्याङ्क अधिकृत/व.त.अ. ७/८ औं प्रशासन/ तथ्याङ्क
तथ्याङ्क सहायक/स.त.अ. ५/६ औं प्रशासन/ तथ्याङ्क
का.स.
जम्मा २९४
३. आर्थिक विकास महाशाखा उपसचिव/उपनिर्देशक/ वरिष्ठ उपसचिव/ निर्देशक ९/१० औं प्रशासन/ सा.प्र.
३.१ सहकारी तथा उपभोक्ता हित संरक्षण शाखा प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
खाद्य प्राविधिक/ खा.प्रा.अधिकृत ५/६ औं कृषि/ फुड न्युट्रि क्या कन्ट्रोल
प्रशासन सहायक ४ औं प्रशासन/ सा.प्र.
३.२ भूमी व्यवस्थापन तथा नापी शाखा नापी अधिकृत/ब.ना.अ. ७/८ औं इन्जि./सर्भे
सर्वेक्षक/प्राविधिक अधिकृत ५/६ औं इन्जि./सर्भे
प्रशासन सहायक ४ औं प्रशासन/ सा.प्र.
अमिन ४ औं इन्जि./सर्भे
३.३ सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
३.४ कृषि विकास शाखा कृषि प्रसार अधिकृत/ वरिष्ठ कृषि प्रसार अधिकृत ७/८ औं कृषि/कृषि प्रसार
कृषि प्राविधिक/सहायक कृषि प्रसार अधिकृत ५/६ औं कृषि/कृषि प्रसार
सहायक कृषि प्राविधिक ४ औं कृषि/कृषि प्रसार
सहायक मत्स्य प्राविधिक ४ औं कृषि/मत्स्य
३.५ पशुपंक्षी विकास शाखा पशु चिकित्सक/ब.प.चि. ७/८ औं कृषि/ भेटेरिनरी
पशु स्वास्थ्य प्राविधिक/ पशु स्वास्थ्य अधिकृत ५/६ औं कृषि/ भेटेरिनरी
सहायक पशु स्वास्थ्य प्राविधिक ४ औं कृषि/ भेटेरिनरी
काञ्जी हाउस सहयोगी
३.६ सामाजिक विकास तथा गैसस समन्वय शाखा प्रशासकीय अधिकृत/ ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र.
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
३.७ रोजगार प्रवर्द्धन तथा सुरक्षित आप्रवासन इकाई वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
प्रशासन सहायक ४ औं प्रशासन/ सा.प्र.
का.स.
जम्मा ४२
शिक्षा तथा खेलकुद महाशाखा वरिष्ठ/शिक्षा निर्देशक ९/१० औं शिक्षा/ शिक्षा प्र. र परिक्षण तथा मू.
४.१ शिक्षा योजना तथा कार्यक्रम शाखा शिक्षा अधिकृत/ब.शि.अ. ७/८ औं शिक्षा/ शिक्षा प्र. र परिक्षण तथा मू.
शिक्षा सहायक/स.शि.अ. ५/६ औं शिक्षा/ शिक्षा प्र. र परिक्षण तथा मू.
४.२ विद्यालय प्रशासन शाखा शिक्षा अधिकृत/ब.शि.अ. ७/८ औं शिक्षा/ शिक्षा प्र. र परिक्षण तथा मू.
शिक्षा सहायक/स.शि.अ. ५/६ औं शिक्षा/ शिक्षा प्र. र परिक्षण तथा मू.
४.३ परीक्षा, युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत/ब.शि.अ. ७/८ औं शिक्षा/ शिक्षा प्र. र परिक्षण तथा मू.
शिक्षा सहायक/स.शि.अ. ५/६ औं शिक्षा/ शिक्षा प्र. र परिक्षण तथा मू.
का.स.
जम्मा
शहरी विकास तथा पूर्वाधार महाशाखा डिभिजनल ईन्जिनियर ९/१० औं ईन्जि सेवा
५.१ पूर्वाधार विकास शाखा ईन्जिनियर/वरिष्ठ ईन्जिनियर ७/८ औं इन्जि./ सिभिल
सव-इन्जिनियर/प्रा.अ. ५/६ औं इन्जि./ सिभिल
खानेपानी ल्याब टेक्निसियन ४/५ औं इन्जि./ सिभिल
५.२ घर नक्सा शाखा ईन्जिनियर/वरिष्ठ ईन्जिनियर ७/८ औं इन्जि./ सिभिल
ईन्जिनियर/वरिष्ठ ईन्जिनियर ७/८ औं इन्जि./ आर्किटेक
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र.
सव-इन्जिनियर/प्रा.अ. ५/६ औं इन्जि./ सिभिल
अमिन ४ औं इन्जि./सर्भे
५.३ गुणस्तर परिक्षण शाखा ईन्जिनियर/वरिष्ठ ईन्जिनियर ७/८ औं इन्जि./ सिभिल
ल्याब टेक्निसियन/ ब.ल्या.टे. ५/६ औं इन्जि./ सिभिल
५.४ मर्मत सम्भार इकाई सव-इन्जिनियर/प्रा.अ. ५/६ औं इन्जि./ सिभिल
५.५ विद्युत व्यवस्थापन इकाई सव-इन्जिनियर ५ औं
विद्युत मिस्त्री/सुपरभाईजर
विद्युत सहयोगी, भर्याड बोक्ने १०
५.६ वडा कार्यालयको लागि सव-इन्जिनियर/प्रा.अ. ५/६ औं इन्जि./ सिभिल १०
ह.स.चा.
का.स.
जम्मा ५४
स्वास्थ्य महाशाखा जनस्वास्थ्य प्रशासक/ ब.जनस्वास्थ्य प्रशासक ९/१० औं स्वास्थ्य/ हे.ई/क.न.
६.१ जनस्वास्थ्य प्रवर्द्धन शाखा जनस्वास्थ्य अधिकृत/ब. जनस्वास्थ्य अधिकृत ७/८ औं स्वास्थ्य/हे.ई
हे.अ./ज.स्वा.नि/सि.अ.हे.व. अधिकृत ५/६/७ औं स्वास्थ्य/हे.ई
फार्मेसी सहायक ५/६/७ औं स्वास्थ्य/ फार्मेसि
६.२ परिवार कल्याण तथा मातृ शिशु स्वास्थ्य शाखा नर्सिङ अधिकृत/ब. नर्सिङ अधिकृत ७/८ औं स्वास्थ्य/ प.हे.न
प.हे.न./सि.अ.न.मी. अधिकृत नि. ५/६/७ औं स्वास्थ्य/ प.हे.न
६.३ आयुर्वेद शाखा कविराज/क. निरीक्षक/क. निरीक्षक अधिकृत ५/६/७ औं स्वास्थ्य/ आयुर्वेद
वैद्य ४/५/६ औं स्वास्थ्य/ आयुर्वेद
का.स.
जम्मा ११
आन्तरिक लेखा परिक्षण शाखा आलेप अधिकृत/वरिष्ठ आ.ले.प.अधिकृत ७/८ औं प्रशासन/ लेखा
आलेप सहायक/सहायक आलेप अधिकृत ५/६ औं प्रशासन/ लेखा
जम्मा
वडा कार्यालयहरु
८.१ वडा कार्यालय तर्फ प्रशासकीय अधिकृत/ब.प्र.अ. ७/८ औं प्रशासन/ सा.प्र. २३
वरिष्ठ प्र. सहायक/ सहायक प्र.अ. ५/६ औं प्रशासन/ सा.प्र. २३
प्रशासन सहायक ४ औं प्रशासन/ सा.प्र.
लेखा सहायक ४ औं प्रशासन/ सा.प्र. २३
का.स. २३
जम्मा १००
८.२ स्वास्थ्य चौकी ११/ प्रति स्वास्थ्य चौकी विवरण अधिकृत ६ औं स्वास्थ्य/ हे.ई ११
अधिकृत ६ औं स्वास्थ्य/ क.न. ११
सहायक ५ औं स्वास्थ्य/ हे.ई २२
सहायक ४ औं स्वास्थ्य/ क.न. ११
सहायक ४ औं स्वास्थ्य/ हे.ई ११
का.स. ११
ल्याब असिस्टेन्ट ४/५/६ औं स्वास्थ्य/ मे.ल्या.टे.
जम्मा ८०
८.३ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र मेडिकल अफिसर ८ औं स्वास्थ्य/ जनरल हे.स.
जनस्वास्थ्य अधिकृत ७/८ औं स्वास्थ्य/ हे.ई
हे अ ५/६/७ औं स्वास्थ्य/ हे.ई
स्टाफ नर्स 5/६/७ औं स्वास्थ्य/ क.न.
अहेव ४/५/६ औं स्वास्थ्य/ हे.ई
अनमी ४/५/६ औं स्वास्थ्य/ क.न.
ल्याव ४/५/६ औं स्वास्थ्य/ मे.ल्या.टे.
कविराज ५/६/७ औं स्वास्थ्य/ आयुर्वेद
थेरापिष्ट स्वास्थ्य/ फिजियोथेरापी
का.स.
अभ्यङ्गकर्ता
जम्मा ११
८.४ शहरी स्वास्थ्य केन्द्र ११ हे.अ./स्वा.अ./ज.स्वा.नि ४/५/६ औं स्वास्थ्य/हे.ई १२
अ.न.मी. ४/५/६ औं स्वास्थ्य/ प.हे.न १२
का.स. १२
जम्मा ३६
८.५ आयुर्वेद औषधालय कविराज/क. निरीक्षक/ ब.क. निरीक्षक ५/६/७ औं स्वास्थ्य/ आयुर्वेद
वैद्य ४/५/६ औं स्वास्थ्य/ आयुर्वेद
का.स./औषधी कुटुवा
जम्मा १२
कुल जम्मा ७२२
स्रोत: नगरकार्यपालिकाको कार्यालय